किरात राई पत्रकार संघ काठमाडाैँ उपत्यकाकाे अध्यक्षमा श्याम, सचिवमा धनबल

काठमाडाैँ । किरात राई पत्रकार संघ उपत्यका समन्वय समिति, काठमाडाैँले नयाँ नेतृत्व पाएकाे छ । किरात राई यायाेक्खाकाे मुख्यालय काेटेश्वमा शुक्रबार सम्पन्न ५औं अधिवेशनले पत्रकार श्याम राईकाे नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा मकल राई र बबिता निर्वाचित भएका छन् भने सचिवकाे जिम्मेवारी धनबल राईले पाएका छन् ।
यस्तै सहसचिव तेज किराती बन्दा काेषाध्यक्षकाे जिम्मेवारी जेनी राईले पाएकी छिन् । समिति ९ सदस्यीय बन्ने र बाँकी २ जना सदस्य पछि मनाेनीत गर्ने समितिकाे पहिलाे बैठकले गरेकाे छ ।
यसैबीच कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार गणेश राई सम्मानित भएका छन् । कार्यक्रमका बीच विशिष्ठ अतिथिकाे रूपमा रहेका राईलाई समितिले सम्मान पत्रका साथमा किराती परम्पराअनुसार फेटा बाँधिदिएर सम्मान गरेकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा किरात राई पत्रकार संघकाे ५औं केन्द्रीय अधिवेशन आयाेजक समितिका संयाेजक अवतार राई रहेका थिए भने कार्यक्रमका बीच आयाेजक समितिका सदस्य-सचिव कृष्णजित राईसँगै किरात राई पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव सन्दीप राईलगायतकाे उपस्थिति थियाे ।








