नेपाल चेपाङ संघको अध्यक्षमा गोविन्दराम निर्वाचित

चितवन । नेपाल चेपाङ संघको अध्यक्षमा मकवानपुरका गोविन्दराम चेपाङ निर्वाचित भएका छन् । चेपाङ संघको भरतपुरमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनमा तीन वर्षका लागि गोविन्दराम अध्यक्षमा निर्वाचित भएका हुन् ।

गोविन्दरामले १२६ मत ल्याएका थिए । उनको प्रतिस्पर्धी चितवनकी सुनिमाया चेपाङले जम्मा ९२ मत ल्याइन।

संघको वरिष्ठ वरिष्ठ उपाध्यक्षमा गोर्खाका बिलबहादुर चेपाङ, उपाध्यक्षमा धादिङकी सुमित्रा चेपाङ र महासचिवमा चितवनका सन्तबहादुर चेपाङ चयन भएका छन् ।

सचिवमा धादिङका सुरेन्द्र चेपाङ र चितवनका भरतलाल चेपाङ र कोषाध्यक्षमा गोरखाका आइतसिंह चेपाङ चयन भएका छन् ।

महाधिवेशनले ३० सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *