बाेले प्रचण्ड- ‘नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ’ (भिडिओसहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने विश्वास व्यक्त गरेका छन् ।   ‘दोस्रोपटक पनि दुवै सदनबाट पारित भएर गएपछि राष्ट्रपतिलाई यताउति गर्ने अधिकार राष्ट्रपतिलाई छैन । प्रमाणीकरण गर्नुहुन्छ भन्नेमा यसपटक हामी आशावादी छाैँ,’ शुक्रबार पाेखरा विमानस्थलमा पुगेका उनले भनेका छन् ।

उनले राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावनासमेत रहेकाे बताए । ‘राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना पनि छ । प्रमाणीकरण नगरे यो विषय अदालत जाने सम्भावना पनि छ । दोस्रो कुरा, उहाँले राजीनामा दिने विकल्प रहन्छ,’ उनले भनेका छन् ।

यसअघि राष्ट्रपतिलाई भेट्दा उनले यसलाई ठूलै राजनीतिक मुद्दा बनाउने जस्तो देखेको आफूले पाएको प्रचण्डले सुनाए । सोही भेटमा आफूले राजीनामा दिने वा अदालत जाने विकल्पबारे राष्ट्रपतिलाई भनेको प्रचण्डले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *