भिडियोग्राफीका सुदूरका एक हस्ताक्षर नील

धनगढी । आजभोलि स्मार्टफोनको प्रयोग बढेसँगै फोटो र भिडियो खिच्नु सामान्य बन्दै गएको छ । सबैका हात-हातमा स्मार्टफोन र राम्रा क्वालिटीको क्यामेरा त्यहीमाथि टिकटक र फेसबुकले यसको क्रेजलाई ह्वात्तै बढाएको छ । विवाह होस् या अन्य पार्टी उत्कृष्ट भिडियो र फोटोको चाहना हरकसैमा हुन्छ तर यसको आवश्यक ज्ञानबिना त्यो सम्भव छैन । पछिल्लो समय फोटो र भिडियोग्राफीमा मनग्य ज्ञान बटुलेका नील विष्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका लागि कुनै नौलो नाम होइन ।

केही वर्ष अघि शौखको रूपमा भिडियोग्राफीमा होमिएका नील फोटो र भिडियोग्राफीका लागि यतिखेर हस्तीकै रूपमा परिचित छन् । भिडियोग्राफी भन्ने बित्तिकै भिडियो पारखीहरू माझ उनको अलगै पहिचान छ । आफ्नो कर्मलाई नै सबथोक मान्ने उनको यही स्वभावले हुनपर्छ, भिडियोग्राफीमा उनको दबाब अलग्गै छ ।

बाल्यकालदेखिको शौख, विभिन्न प्रशिक्षणले भिडियोग्राफीमा खाहारिएका नील विगत दुई वर्षदेखि यस फिल्डमा व्यावसायिक रूपमै जम्दै आएका छन् । निका क्रियशनको नामले चर्चामा चुलिएका नीलले हजारौँ फोटो र दर्जनौँ भिडियो कन्टेन्टहरू दिएर आफूलाई भिडियो र फोटोग्राफीमा अब्बल साबित गर्दै आएका छन् । सेलिब्रेटीको फोटो सुट होस् या अन्य कार्यक्रम नील फोटो र भिडियोग्राफीमा सर्वाधिक रुचाइने पात्र हुन् ।

एकै इभेन्टका फोटो र भिडियोलाई फरक-फरक टेस्ट दिन माहिर नीलको परिचय यतिमै समाप्त हुँदैन उनी एक फिटनेस लभर पनि हुन् । ‘फिटनेस गन्तव्य होइन यो जीवनको एक तरिका हो ।’ भन्ने मान्यता बोकेका उनी फिट्नेसका डाइहाट फ्यान हुन् । समय, परिस्थितिले उनलाई बेला-बेलमा फिट्नेसबाट टाढा राखेपनि उनको फिट्नेस फिभर भने धेरैबेर टाढा रहँदैन ।

गोरो वर्ण, स्टाइलिस लुक, मोडलिङ व्यक्तित्वका धनी नील आउटलुक्स र भिडियोग्राफीमा मात्रै हैन अभिनय पनि उत्तिकै माहिर छन् । उनको टिकटकमा रहेको रोमान्टिकदेखि र्‍यापसम्मको अभिनयले हरकोहीलाई अचम्मित पार्न सक्दछ ।

विभिन्न, म्युजिक भिडियो, सर्ट मुभी, भिडियो रिर्पोट, डकुमेन्ट्रीमा समेत आफ्नो सक्षमता प्रस्तुत गरिसकेका नील आगामी प्रोजेक्ट म्युजिक भिडियोको तयारीमा जुटिसकेका छन् । हातमा क्यामेरा र आवश्यक सामग्री लिएर छायांकनमा तल्लीन रहँदा संसार बिर्सिने नील भिडियोग्राफीलाई अझै व्यवस्थित र अझै व्यावसायिक बनाउँदै आफ्नो जीवन यसैमा समर्पण गर्ने उनले प्रण लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *