मुलुककाे दीर्घकालीन हितका लागि गठबन्धन आवश्यक छ : झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले मुलुकको हितको लागि दीर्घकालीन नीति र एजेन्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जीत हासिल गर्नुपर्ने समेत बताइन् ।

उनले एमालेले ल्याएका पानी जहाज,रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउँदै देशको विकास,समृद्धिलाई सर्वोपरि ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन् । विकास समृद्धि लागि विश्वको थुप्रै मुलुकहरूले पनि गठबन्धन प्रक्रिया अँगालेको भन्दै उनले बताइन् ।

साक्षात्कारमा काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेर कर्तव्य च्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =