थप २ सय २७ जनामा कोरोना संक्रमण, १ काे मृत्यु

काठमाडौँ  । नेपालमा थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय ३७ जना र २ हजार ८ सय ८३ एन्टीजेन परीक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २ हजार ४ सय ७३ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =