प्रत्यक्षतर्फकाे एउटा मत रूखमा हाल्न पाउनुपर्ने कांग्रेस जिल्ला सभापतिहरूकाे माग

काठमाडौँ । नेपाली कांग्रेसका १३ वटा जिल्ला सभापतिहरूले रूखमा भोट हाल्न पाउनुपर्ने माग अघि सारेका छन् ।

बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई  ज्ञापनपत्र बुझाउँदै  रूखमा भाेट हाल्न पाउनुपर्ने माग अघि सारेका हुन् ।

मकालुखबरसँग कुरा गर्दै धादिङ जिल्ला सभापति तथा वाग्मती प्रदेशका १३ जिल्ला सभापतिहरूका तर्फबाट प्रतिनिधि रामनाथ अधिकारीले वाग्मती प्रदेशका जिल्लाहरूमा कांग्रेसका मतदाताले प्रत्यक्षतर्फ रूखमा मत दिने वातावरण बनाउन सभापतिलाई आग्रह गरिएकाे बताए ।

उनले प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले गठबन्धन अहिलेकाे आवश्यकता रहेकाे बताउँदै सभापतिहरूले उठाएकाे विषयमा गम्भीर भएर साेच्ने बताएकाे जानकारी दिए ।

उनले भने, ‘हामीले सभापतिज्यूलाई प्रत्यक्षतर्फकाे एउटा मत रूखमा हाल्न पाउनुपर्ने माग राख्याैँ । उहाँले यस विषयमा गम्भीर भएर साेच्ने बताउनुभयाे ।’

गठबन्धनमा जाँदा वाग्मतीका चितवन निर्वाचन क्षेत्र नम्बर–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ को सिट कांग्रेसले गठबन्धनका अरू दलहरूलाई छाड्नुपर्ने देखिएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =