रिचर्डलिसनको दुई गोलमा टोटेनहमको जित

काठमाडौं । ब्राजिली स्टार रिचर्डलिसन चम्किएको खेलमा टोटेनहमले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार राति टोटेनहमले रिचर्डलिसनको दुई गोलको सहयोगमा फ्रान्सेली क्लब मार्सेलीलाई २-० ले हराएको हो ।

उनले ७६ औं मिनेटमा क्लबका लागि पहिलो गोल गरे । त्यसको ५ मिनेटमा उनले दोस्रो गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरेका थिए ।

समूह डीमा टोटेनहमले तीन अंक जोडेको छ । सोही समूहको अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले जर्मन क्लब फ्रेन्कफर्टलाई ३–० ले हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *