लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडाैँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले शानदार शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया पिजेनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । त्यस्तै फ्रान्क कीस्से र फेरान टोरेजले एक एक गोल गरेका थिए ।त्यस्तै भिक्टोरिया पिजेनका लागि जान सिकोराले एक गोल गरेका थिए ।

यो जितसहित समुह सि मा रहेको बर्सिलोनाले ३ अंक हासिल गरेको छ । त्यस्तै यसै समुह मा रहेको बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ ।

बायर्नको जितमा लिरोय सानेले एक गोल गरेका थिए भने इन्टरका डानिलो डी एम्ब्रोसियोले एक गोल आत्मघाती गरेका थिए । यो जितपछि बायर्नले पनि ३ अंक हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *