कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री विश्वप्रकाश
२०७९ भदौ २२ गते

काठमाडाैँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलकाअनुसार सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम महामन्त्री शर्मालाई समिति संयाेजक बनाएका हुन् ।
अब संयोजक शर्माले समितिलाई पूर्णता दिएर घोषणापत्र तयारीको काम अघि बढाउनेछन् । स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापा संयोजकत्वको समितिले घोषणापत्र बनाएको थियो ।
मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनाव हुँदैछ ।
२०७९ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








