कर्मचारीकाे सरुवा गरेर सरकारले निर्वाचन प्रभावित गर्न खाेज्याे : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुने गरी सरुवा गर्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् । उनले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गरे ।

कामचलाउ सरकारको रूपमा रहेको सरकारले धमाधम दूरगामी महत्त्वका विधेयक ल्याउने र कर्मचारीको जथाभाबी सरुवा गर्नु उचित नभएको उनको भनाई छ ।

उनले स्थानीय तहको निर्वाचनमा जस्तै अबको निर्वाचनमा पनि कुनै प्रकारको हस्तक्षेप भए प्रतिवाद गर्ने चेतावनी पनि दिए । उनले मंसिरसम्म अहिलेकै कर्मचारी कायम राख्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =