क्यानद्वारा कप्तान सन्दीपलाई निलम्बन गर्ने तयारी
२०७९ भदौ २२ गते

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।
‘आज साँझ वा भोलि बिहानसम्म सन्दीपको विषयमा हामीले निर्णय गर्नेछौँ,’ एक स्रोतले भनेको छ ।
सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो ।
क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको बताए ।
२०७९ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








