तोलामै हजारले घट्यो सुनको भाउ

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आउको छ । यस दिन छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो ३ कारोबार दिनमा सुनको मूल्य निरन्तर बढेको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =