नक्कली ऋणी खडा गरी कर्जा दिने सुपर लघुवित्त समस्याग्रस्त घोषणा

काठमाडौँ । सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा भएको छ । नेपाल राष्ट्र बैंकले उक्त लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको हो । केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गरेको जनाएको छ ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यलय उक्त लघुवित्तले २०७८ असोज मसान्तमा प्रकाशित गरेको वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थलगत निरीक्षण गरेको थियो ।

उक्त लघुवित्तका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यको प्रत्यक्ष सहभागितामा व्यक्तिगत लाभका लागि संस्थागत हित विपरीत नक्कली ऋणी खडा गरेर कर्जा प्रवाह गरी दुरुपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै संस्थाको प्रारम्भिक पूँजीकोष पनि १०.३१ प्रतिशतले ऋणत्मक भएको हुँदा राष्ट्र बैंकले गत चैत २ गते नै बैंक तथा वित्तीय संस्था शिघ्र सुधारात्मक कारवाही सम्बन्धि विनियमावली २०७४ को विनियम ३ को खण्ड क, ख र ग बमोजिम कारवाही गरेको थियो ।

राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए पेश गर्न स्पष्टीकरण सोधेको थियो । संस्थाले पेश गरेको स्पष्टीकरण समेत सन्तोषजनक नभएकोले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =