पाल्पा–२ बाट नेकपा एसका पाण्डे सिफारिस

रामपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं २ बाट सोमप्रसाद पाण्डे एकल सिफारिस भएका छन् ।
उनी एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष छन् । उनी विसं २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट विजयी भएका छन् ।
उनले सोही क्षेत्रबाट विसं २०५१, २०५६, २०७० को निर्वाचनमा पनि एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । सोही क्षेत्रमा एमालेबाट पोलिटब्यूरो सदस्य ठाकुर गैरेको एकल नाम पार्टीले सिफारिस गरेको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खस आर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको छ । क्षेत्र २ क मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, वसन्त जिआर, निमनारायण ढुङ्गानालाई सिफारिस गरेको छ भने क्षेत्र २ ख मा झलक रायमाझी र कमल रायमाझी उम्मेदवारका रूपमा सिफारिस छन् । प्रदेशसभामा समानुपातिकतर्फ गोदावरी ज्ञवाली, बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको छ ।
क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा लेखनाथ पोखरेललाई सिफारिस गरेको छ भने समानुपातिकमा अल्पसङ्ख्यकमा रमा घर्ती सिफारिसमा परेका छन् । प्रत्यक्षमा प्रदेशसभा सदस्य क मा विनोद श्रेष्ठ र कमल सेन सिफारिसमा परेका छन् । भने ख मा पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठ छन् । समानुपातिकमा क्षेत्र १ क महिला तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मा र क्षेत्र १ ख मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरिएको छ ।








