सर्लाहीको हरिवन नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । समुद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयबासीको उपस्थिति थियो ।
२०७९ असार मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु. ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।









