ग्लोबल आइएमई बैंककाे २७३औँ एटिएम सेवा सञ्चालनमा

काठमाडाैँ । ग्लोबल आइएमई बैंकको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ। उक्त नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको बैंकले जनाएको छ।

उक्त एटिएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैंकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष क्षेत्रीले एटीएम सेवा सञ्चालनमा आएसँगै सेवाग्राहीलाई थप सुविधा पुगेको बताए।

बैंकले देशभर २८९ शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 2 =