म्यानचेस्टर सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सेभियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा एर्लिंग हालाण्डले २ गोल गरेका थिए भने फिल फोडेन र रुबेन डियाजले एक एक गोल गरेका थिए । यो जितपछि समुह जी मा रहेको म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

त्यस्तै यसै समुहमा रहेको बोरुसिया डोर्टमण्डले गएराती नै कोपनहेगनलाई ३-० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *