महिला साफ च्याम्पियनसिप

साम्बा र अनिताको २-२ गोलमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौँ । नेपालले महिला साफ च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतले २-२ गोल गरेका थिए । खेलको १२औं मिनेटमा साम्बाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १-० ले अगाडी रहेको नेपालले दोस्रो हाफमा ३ गोल गरेको थियो ।

साम्बाले खेलको ६८औ मिनेटमा आफ्नो लागि दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी थिइन् । त्यसपछि अनिताले खेलको ७३औं मिनेट र ८५औँ मिनेटमा गोल गर्दै नेपाललाई ४-० गोल अन्तरको जित दिलाएकी थिइन् ।

यो जितपछि नेपालको सेमिफाइनलको सम्भावना बढी रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध भदौ २७ गते खेल्ने छ । प्रतियोगिता अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तानबीच बुधबार खेल हुँदैछ ।

साफ च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा नेपालसहित श्रीलङ्का र भुटान छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *