च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी सुरुवात

काठमाडाैँ । कीर्तिमानी १४ पटकको च्याम्पियन तथा साविक विजेता स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा सानदार जितसहित विजयी सुरुवात गरेको छ । रियलले स्कटिस क्लब सेल्टिकमाथि उसकै मैदानमा ३-० को सहज जित निकालेको हो ।

रियलको जितमा भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो । यस जितसँगै रियलले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । साख्तर डोनेस्कले पनि ३ अंक जोडेको छ । आरबी लाइप्जिग र सेल्टिकले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले आरबी लाइप्जिगलाई उसकै मैदानमा ४-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । साख्तरको जितमा मारयना स्भेडले दुई तथा माइखेलो मुडरिक र लास्सिना ट्राओरेले समान एक गोल गरे । लाइप्जिगका मोहम्मेद सिमाकानले एक गोल फर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *