च्याम्पियन्स लिग : चेल्सी पहिलो खेलमै पराजित

काठमाडाैँ । इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियाको डिनामो जाग्रेबसँग हार बेहोरेको छ । जाग्रेबले घरेलु मैदानमा चेल्सीलाई १-० ले पराजित गरेको हो ।

जाग्रेबको जितमा मिस्लाभ ओर्सिचले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । जाग्रेबको च्याम्पियन्स लिगको पछिल्लो ४३ खेलमा यो छैटौं जित हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *