सत्रकिलोमा लेदोसहितको पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
२०७९ भदौ २१ गते

सांकेतिक तस्वीर
चितवन । लेदोसहितको पहिरो झरेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
भरतपुर २९ ,सत्रकिलोस्थित नारायणगढ मुग्लिन सडक खण्डवर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि दुई तर्फी नै सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।
पहिरो गएको स्थानमा जुगेडीबाट प्रहरी टोली खटिएको चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । पहिरो गएको स्थान जुगेडीबाट ९ किमी उत्तरमा पर्छ ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








