कांग्रेस सचेतक विश्वकर्मा सुनसरी–१ बाट सिफारिस

काठमाडाैँ । नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माको नाम प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा सिफारिस भएको छ ।

सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उम्मेदवारको नाम सिफारिस गर्न परिपत्रअनुसार गरेअनुरुप सचेतक विश्वकर्माको नाम तय गरिएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।

सोही क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, १ नम्बर प्रदेशका महामन्त्री उमेश थापा, प्रदेश १ का सांसद चन्द्रप्रसाद श्रेष्ठ, सङ्घीय सांसद मीना सुब्बाको नाम पनि सिफारिस भएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिए ।

सोही क्षेत्रबाट प्रतिनिधिसभा समानुपातिकमा उमेश थापा, विनोद राई, गणेश परियार, अञ्जना राई, सुवास राई, गणेश सुब्बा, चित्राकुमारी राई, आनन्दप्रसाद आचार्य, मीना पुलामी, भोजराज न्यौपाने, पूर्ण सुवेदी, पूर्णबहादुर राई, प्रेम पौडेल, निर्मला गुरुङ, मनिता घिमिरे, कोकिला भट्टराईको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यसैगरी कांग्रेस सुनसरी क्षेत्र नम्बर १(क) बाट प्रत्यक्षतर्फ सुजेन्द्र तामाङग, अनिल श्रेष्ठ र कुसुमलता ओलीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ श्यामा रेगमी, कृष्णकला मादेम, अनिल श्रेष्ठ, चन्द्रशेखर लामा, सन्दीप श्रेष्ठ, रवि राई, गोविन्द दर्नाल, मदन ढकाल, राजेन्द्र साह, जयप्रकाश शर्मा, शिला बज्राचार्य, निर्मला शर्मा नेपाल, युवराज शङ्कर, सचित शर्मा, झुमादेवी राई, अशोक अविरल राई, पदमसुन्दर लिम्बू, किशोरकुमार राई, चन्द्रप्रसाद नेपाल, सुरेशमान श्रेष्ठ, विनोद घिमिरे र सन्तोष सापकोटाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर १(ख) बाट प्रत्यक्षतर्फ माधवबहादुर घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, केशव पुरी, नारद राई, रमेश काफ्ले, हिमाल राई, काशीराम चौधरी, अजय राई र सुरेन राईको नाम उम्मेदवारका लागि सिफारिस भएको छ भने समानुपातिकतर्फ, सन्तोष विश्वकर्मा, बुद्धि कटुवाल, रोजन रनपैहेली, सुनिता राई, तिलक सुनुवार, रोविन्दबहादुर बस्नेत, ममता तामाङ, पूजा धामी, विजया कटुवाल, मञ्जु राई नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव साहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =