‘पञ्चायत र गणतन्त्रमा के फरक छ ?’

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पञ्चायत र गणतन्त्रमा के फरक छ भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा सरकारले पेश गरेको ‘केही नेपाल ऐन संशोधन’ विधेयकमाथिको संसदको समयावधि थप्ने प्रस्तावमा संशोधन प्रस्ताव पेश गर्दै सुवालले सरकारसमक्ष यस्तो प्रश्न राखेका हुन् ।

उनले भने, ‘पञ्चायतको ३० वर्ष पनि पदमा बसेर चुनाव लड्ने कुराको हामीले विरोध गर्यौ, त्यसपछि बहुदल र गणतन्त्र आयो । यतिवेला पनि सरकारमै बसेर चुनाव लड्ने कुरा आयो त्यसकारण पञ्चायत र गणतन्त्रमा के फरक छ ?’

त्यस्तै, उनले पात्र फरक भएपनि काम उही हुने गरेको बताए । उनले निर्वाचन घोषणा भएपछि निर्वाचन सरकार गठन हुने र संसदको पनि अन्त्य हुनेछ भनेर लेखेको भए अहिले यो समस्या नै नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =