कृषिलाई प्रविधियुक्त बनाएर उत्पादन वृद्धि गरिनुपर्छ : अध्यक्ष नेपाल
२०७९ भदौ २१ गते

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रलाई प्रविधियुक्त बनाएर उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय तीनकुनेमा विभिन्न ६ वटा किसान संगठनहरूको ज्ञापन पत्र बुझ्दै अध्यक्ष नेपालले कृषि क्षेत्रको आधुनिकीकरण औजारीकरण गरेर रूपान्तरण गर्नुको विकल्प नभएको बताएका छन् ।
उनले नेपालले देशको अर्थतन्त्र आत्मनिर्भर गर्न कृषिलाई जीवनोपयोगी बनाउनुपर्ने धारणा राखे । कृषि र वनसँग जोडिएका थुप्रै कार्यक्रमहरूलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नुपर्ने उनले बताए ।
कृषि क्षेत्रको रूपान्तरण गर्नुपर्ने लगायतका मागहरू किसान संगठनहरूले अध्यक्ष नेपाललाई बुझाएका हुन् ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








