सुनचाँदीको भाउ बढ्यो
२०७९ भदौ २१ गते

काठमाडौँ । सुनको भाउ लगातार तेश्रो दिन पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, यस दिन चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले बढेको छ ।
यस दिन चाँदी प्रतितोला १० रुपैयाँले महंगिएर प्रतितोला एक हजार १२५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला १ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
२०७९ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित









