८२ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको ट्राफिक चेकिङमा विभिन्न विद्यालय तथा कलेजका ८२ जना विद्यार्थी कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्ने विद्यार्थीहरू मध्ये कागजपत्र साथमा नभएका ५१ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २४ जना, नम्बर प्लेट दुरुस्त नभएका ४ जना, तीन जना राखी मोटरसाइकल चलाउँदै गरेका १ जना, तीव्र गतिमा जिग ज्याक चलाउने १ जना, हेलमेट नलगाएका १ जना गरी ८२ जना विद्यार्थी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताए ।

साउन ३० गतेबाट सुरु भएको स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म ‍१ हजार १६५ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *