बालेनलाई हर्कको साथ : भन्छन्- ‘मेरो फाइट बालेनजीसँग होइन, झोलेहरूसँग हो’ 

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ‘फाइट’ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग नभएको बताएका छन् ।

केही दिन यता साम्पाङले लगातार शाह लक्षित स्टाटस लेखेर अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ । यहिबीच साम्पाङले फेसबुकमा स्पष्टीकरण दिएका हुन् ।

साम्पाङले खोल ओढेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ मेरो फाइट बालेन जी सँग होइन! झोलेहरूसँग हो खासमा, जो खोल ओढेर आइरहेका छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =