कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैँ । कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा भएको साधारण सभाले कम्पनीको आ.व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित गरेको छ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ४० करोडको ५ प्रतिशतले हुन आउने दुई करोड नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *