एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने

कठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) बाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरिरहेको नेपालपेको क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने गरी बैंक र नेपाल क्लियरिङबीच समझदारी भएकाे बैंकले जनाएकाे छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौतापछि अब एनआईसी एसियाको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्युआर कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा नेपालपेसँगको सहकार्यबाट सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

२० लाखभन्दा बढी प्रयोगकर्ता रहेको यस एनआईसी एसिया मोबैंक बैंकले भर्खरै ओम्नी च्यानल प्रणालीमा स्तरोन्नती गरी अधिकतम बैंकिङ्ग सेवा तथा सुविधा डिजिटल माध्यमबाट प्रदान गरिरहेको छ । ‘सबथोक यसमै छ’ भन्ने नाराका साथ बैंकले ल्याएको सेवाबाट ग्राहकले अधिकतम बैंकिङ्ग सेवा सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् ।

निकट भविष्यमा अझ बढी सेवा यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ । यस एपबाट ग्राहकले क्युआर भुक्तानीका अलावा नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन, नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, आईपीओ आवेदन आवेदन र लकर सुविधा लिन लगायतका धेरैभन्दा धेरै बैंकिङ सेवा डिजिटल रुपमा प्राप्त गर्न सक्नेछन् । साथै, यस बैंकमा खाता नभएकाहरुले पनि बैंकको उक्त मोबाइल बैंकिङ एप एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *