आरक्षण प्रणाली अहिल्यै हट्नुहुन्न : दलित आयाेग

काठमाडाैँ । राष्ट्रिय दलित आयाेगले अहिल्यै आरक्षण प्रणाली हट्न नहुने बताएकाे छ । आयोगका प्रवक्ता सुन्दर पुर्कुटी आरक्षण हटाउन नहुने बताउँछन् । मकालुखबरसँग कुरा गर्दै आयोगका प्रवक्ता पुर्कुटीले भने, ‘दलित समुदायबाट आरक्षणको व्यवस्था हट्नु हुँदैन । यो उनीहरूको संवैधानिक अधिकार हो ।’

जबसम्म दलित समुदाय सबल र सक्षम हुँदैनन्, तबसम्म दलित समुदायका लागि आरक्षण आवश्यक रहेको भनाइ उनको छ । ‘अझै पनि दलित समुदाय सबल हुन नसकेका कारण आरक्षणको व्यवस्था हट्न हुँदैन । समावेशी आयोगले निकालेको प्रतिवेदन हाम्रो अधिकारविपरीत भयो, उहाँहरू आफूलाई दिइएको काम कर्तव्यभित्र रहनुभएन कि ?,’ उनले प्रतिप्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *