डलरको तुलनामा यूरो २० वर्षकै न्यून बिन्दुमा

काठमाडौँ । सोमबार डलरको तुलनामा युरो ०.७ प्रतिशतले घटेर ९८.८० अमेरिकी सेन्टमा पुग्यो । यो सन् २००२ यताकै न्यून हो। रुसले गत हप्ता जर्मनीको लागि ग्यास पाइपलाइन नर्ड स्ट्रिमबाट ग्यास आपूर्ति बन्द गरेपछि युरोको मूल्यमा ठूलो गिरावट आएको हो ।

यूरोको मूल्यमा ठूलो गिरावट

यो वर्षको सुरुदेखि नै युरोको भाउमा उल्लेख्य गिरावट आएको छ । डलरको तुलनामा युरो कमजोर बन्दै गएको छ । यस वर्षको सुरुमा अहिले झनै डलरकाे तुलनामा युराेकाे मूल्य खस्किएकाे छ ।

रुस–युक्रेन युद्धले अवस्था बिग्रियो

यसको सबैभन्दा ठूलो कारण रुस र युक्रेन युद्धलाई जिम्मेवार मानिएको छ । यस युद्धका कारण कच्चा तेल, प्राकृतिक ग्यासलगायत धेरै अत्यावश्यक वस्तुको मूल्य ह्वात्तै बढेको छ । अमेरिकासँग तेल र ग्यासको ठूलो भण्डार छ र एकै समयमा यसले ऊर्जाको वैकल्पिक स्रोतहरू प्रयोग गर्दछ, त्यसैले अमेरिकाको मुद्रा युरोपको मुद्राभन्दा बलियो हुँदै गइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *