इन्द्रजात्राको तयारी तीव्र
२०७९ भदौ २० गते

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार मनाइने इन्द्रजात्राको तयारी तीव्र पारिएको छ ।
इन्द्रजात्राका लागि काठमाडौँको हनुमान ढोकामा रहेको गद्दी बैठकमा रङ्गरोहनका कार्य भइरहेको छ भने कुमारी घर र मठमन्दिरलगायतमा साजसज्जाका कार्य भइरहेको छ ।
त्यस्तै इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथलाई पनि तयारी अवस्थामा राखिएको छ । भाद्र २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरु हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति लगायतका उच्च पदस्थ व्यक्तिहरू सहभागी भई जात्रा अवलोकन गर्ने परम्परा छ ।
जात्रा भदौ २९ गते समापन हुन्छ ।
२०७९ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








