नागरिकता विधेयक राष्ट्रपति कार्यालय पठाइँदै

काठमाडौँ । दुबै संसद्बाट हुबहु पारित भएकाे नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको नागरिकता ऐन संशोधन विधेयक २०७९ प्रमाणीकरणका आजै राष्ट्रपति कार्यालय पठाउने तयारी भएको छ ।

यसअघि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित गरि प्रमाणीकरणका लागि पठाइएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः विचारको लागि संसदमै फिर्ता गरिदिएकी थिइन् ।

त्यसलगत्तै प्रतिनिधि सभाले भदौ २ गते संशोधन बिनै पारित गरेको थियो । यस्तै राष्ट्रिय सभाबाट भदौ १७ गते हुबहु पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउन लागिएको संसद सचिवालयले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =