हिमाल आरोही श्रेष्ठसँग नेपाल लाइफकाे सहकार्य


काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोही फोटो पत्रकार पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै उनीसँग सहकार्य गर्ने भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सोमबार उक्त सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा कम्पनीका सीईओ पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गरे । आरोही श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गौरव र हौसला मिलेकोे बताइन् ।
गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेशाले फोटो पत्रकारसमेत हुन् । उनले सगरमाथासहित नेपालको ८००० मीटरभन्दा माथि उचाइका ७ ओटा हिमाल चढिसकेकि छन् ।
अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाने तयारीमा छिन् ।
