मन्त्रीलाई लाइन बस्न भन्दा पक्राउ परेका सुरक्षा गार्डलाई रविले भेटे

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नुस् भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजङ्ग गुरुङलाई भेटेका छन् ।

प्रहरी हिरासतमा रहेका गुरुङलाई भेट्दै धन्यवाद दिएकाे लामिछानेले बताए । भेटका क्रममा शेरजङ्गले गुरुङको छोरो भएकाले आवाज ठूलो भएकाे हुनसक्ने बताउँदै मन्त्रीलाई दुर्व्यवहार भने नगरेकाे बताएकाे लामिछानेले उल्लेख गरेका छन् ।

गुरुङलाई उद्धृत गर्दै लामिछानेले भनेका छन् ‘मन्त्री भन्ने मलाई थाहा पनि भएन ।  थाहा भए पनि डिउटी त गर्नै पर्यो ।’

त्यस्तै, लामिछानेले गुरुङकाे भनाइ सत्य हाे भने उनलाई स-सम्मान रिहाइ गरी पुरस्कृत गर्नुपर्ने बताएका छन् । मन्त्रीमाथि अनुसन्धान गर्न माग गर्दै उनले भनेका छन्, ‘नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।’

मन्त्रीलाई लाइन बस्न भनेपछि सुरक्षागार्ड पक्राउ, लगाइयाे दुर्व्यवहारकाे मुद्दा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =