मन्त्रीलाई लाइन बस्न भनेपछि सुरक्षागार्ड पक्राउ, लगाइयाे दुर्व्यवहारकाे मुद्दा
२०७९ भदौ १९ गते

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्दा एकजना सुरक्षागार्ड पक्राउ परेका छन् ।
ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्ड शेरजङ्ग कुँवर पक्राउ परेका हुन् । उनी ग्रुप फोर सेक्युरिटीमा कार्यरत थिए ।
कामका लागि छाया सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न भनेका थिए । मन्त्रीका पिएसओले उनी मन्त्री भएको बताए पनि गार्डले जाे भएपनि लाइन बस्नुपर्ने बताएपछि उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइ पक्राउ गरिएकाे हाे ।
२०७९ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








