खप्तड लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् नतिजा

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार बिहान आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो ।

लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी अस्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये १२ हजार ३४० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।

याे वेवसाइट (https://iporesult.cdsc.com.np/)मा क्लिक गरेर नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *