आर्सनलको अपराजित यात्रामा म्यानचेस्टर युनाइटेडले लगायो ब्रेक

काठमाडाैँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले आर्सनललाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा मार्कस राशफोर्डले २ गोल गरे भने एन्टोनीले एक गोल गरेका थिए । केहि दिन अघिमात्र म्यानचेस्टर युनाइटेड आएका एन्टोनीले डेभ्यु खेलमै युनाइटेडमा गोल गरेका हुन् ।

त्यस्तै आर्सनलका लागि एक गोल बुकायाले गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित हासिल गरेको छ । युनाइटेडको ६ खेलमा ४ जित र २ हारसहित १२ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।

त्यस्तै यस अघि लगातार पाँच खेल जितेको आर्सनलको विजयी यात्रा भने रोकिएको छ । यस सिजनमा पहिलो हार बेहोरेको आर्सनलको ६ खेलमा १५ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा कायमै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *