नवनिर्मित मिरगंज पुल सञ्चालनमा आउने, पूर्वका उद्योगी हर्षित

काठमाडौँ । भारतको जोगवनीमा नवनिर्मित मिरगन्ज पुल सञ्चालनमा आउने भएपछि नेपालको मोरङ सुनसरी आर्थिक करिडोरको उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन् ।

मोरंग व्यापार संघलगायत उद्योगी व्यवसायीको संघ संगठनको अथक प्रयासपछि नेपाल–भारत व्यापार नाकाका लागि प्रयोग हुँदै आएको उक्त पुल निर्माण भएको थियो ।

उक्त पुल १५ सेप्टेम्बर २०२२ बाट सञ्चालनमा आउने आश्वासन भारतीय पक्षले दिएको भन्दै उद्योगी व्यवासयीले खुसी व्यक्त गरेका छन् ।

पुल सञ्चालनका लागि केही दिनअघि मोरङ व्यापार संघले पठाएको पत्रलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गड्करी, विहार राज्यका परिवहान (ट्रान्सपोर्ट) मन्त्री शीला कुमारी, अररियाकी डिस्ट्रीक्ट मजिस्ट्रेट इनायत खानलगायतले सकारात्मकता रुपमा लिएको भन्दै संघले आभार समेत व्यक्त गरेको छ ।

पुरानो मिरगंज पूल बिग्रिएपछि वीराटनगर–जोगवनी नाकामार्फत उक्त पुल हुँदै गरिने आयात–निर्यात व्यापार असहज बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *