नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता

काठमाडौँ । नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैंका अवसरमा भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।

दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु २ हजार ५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

दराज दशैं धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको बताए ।

महोत्सवले दराज साथै नबिल कार्ड वाहकमाझ छुट्टै उत्साह थपिनेमा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिल बैंकका देशभर २३३ शाखा र २६९ एटिएम काउण्टर छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *