कर तिर्न अटेर गर्ने ७ क्यासिनोलाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र पर्ने ७ वटा क्यासिनोलाई पत्र काटी कर तिर्न ताकेता गरेकाे छ ।

काठमाडाैँ महानगरको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पत्र काटी सात दिनभित्र तिर्न बाँकी मनोरञ्जन कर तिर्न भनेका हुन्।

कर नतिर्ने क्यासिनाेहरू डेल्टिन क्यासिनो होटल, मेरियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याट र्याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटल एलफ्ट र बेली क्यासिनो मल्ल होटललाई महानगरले पत्र काटेको हो।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा ती क्यासिनोले पटक पटक ताकेता गरे पनि हालसम्म कर नतिरेको महानगरले बताएकाे छ ।

कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरिनेसमेत महानगरकाे पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =