छ मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापकको काम गर्ने अनुमति

काठमाडौँ । छ वटा मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोषअन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमती पाएका छन् । पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम उक्त बैंकहरुलाई कोष व्यवस्थापकको काम गर्न अनुमति पत्र दिएको हो ।

आइतबार नेपाल धितोपत्र बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई अनुमपति पत्र दिइएको हो ।

बोर्डले आइतबार प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेण्ट क्यापिटल र एनआईसी एसिया क्यापिटललाई उक्त अनुमति दिएको हो ।

यसअघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड गरी नेपाल धितोपत्र बोर्डबाट हालसम्म जम्मा ८ वटा संस्थाले यस्तो अनुमति पाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *