मोरङ ६ बाट लालबाबु एकल सिफारिसमा परेनन्

विराटनगर । नेकपा एमालेले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित र टिकाराम पुरीको नाम सिफारिस गरेको छ । नेकपा (एमाले) मोरङ निर्वाचन क्षेत्र नं. ६ को आइतबार बसेको बैठकले दुई जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नम्बर ६ बाट नाम सिफारिस भएका पण्डित नेकपा एमाले स्थायी कमिटी सदस्य पूर्व मन्त्री तथा हालका सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालाई पराजित गर्दै पण्डित २०७४ सालको निर्वाचनमा निर्वाचित भएका थिए ।

त्यस्तै नाम सिफारिस भएका अर्का व्यक्ति पुरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका केन्द्रीय अध्यक्ष हुन् । उनी नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् ।

त्यस्तै नेकपा एमालेले क्षेत्र नम्बर ४ मा विनोद ढकालको नाम सर्वसम्मत सिफारिस गरेको हो । त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको नाम सर्वसम्मत सिफारिस भएको छ ।

उनी २०७४ सालको निर्वाचनमा डा मीनेन्द्र रिजालसँग पराजित भएका थिए भने यस अघि संविधान सभाको सदस्य थिए । क्षेत्र नम्बर २ र ४ मा एमालेले उम्मेदवारको लागि सर्वसम्मत नाम छनौट गरेको हो ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ५ मा योगेन्द्र मण्डल, राधा पासवान र मनोज अग्रवालको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =