असोजदेखि शुक्रबार सेयर कारोबार नहुने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले शुक्रबार हुँदै आएको सेयर कारोबार बन्द गर्ने भएको छ ।

आइतबार बसेको नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार सेयर बारोबार असोजबाट बन्द गर्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । नेप्सेको यो निर्णयसँग अब विगतको जस्तै साताको आइतबारदेखि बिहीबारसम्म ५ दिन मात्रै सेयर कारोबार हुने भएको छ ।

यसअघि सरकारले जेठमा साताको २ दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै सोमबारदेखि शुक्रबारसम्म ५ दिन सेयर बारोबार हुने गरेको थियो । सरकारले दुई दिनको बिदा हटाएपछि पनि नेप्सेले भने आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिने सेयर कारोबार सुरु गरेको थियो । तर, शुक्रबार २ घण्टा सेयर बारोबार गर्ने कार्य गर्दै आएको थियो ।

अब भने विगतको जस्तै सातामा ५ दिन मात्रै सेयर कारोबार हुने भएको छ । शुक्रबार कारोबार थाल्नु र हटाउनु औचित्य भने धितोपत्र बोर्ड र नेप्सेले पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *