रञ्जन कोइरालाको मुद्दाकाे फैसलाबारे चाेलेन्द्र भन्छन् – मलाई प्रायश्चित छ

काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले रञ्जन काेइरालाकाे मुद्दामा सजाय कम गरेकाे भन्ने कुरा सही रहेकाे कुरा सही रहे पनि कर्तव्य ज्यान गरेकै भन्ने कुरा सदर भएकाे बताएका छन् ।

महाभियाेग सिफारिस समिति समक्ष तेस्राे दिन बयान दिँदै उनले काेइरालाकाे फैसलामा विवेक प्रयाेग गरिएकाे बताएका हुन् ।

उनले भने, ‘पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरूलाई ख्याल गरेर २० बर्ष कैद सजाय भएकोमा ८ वर्ष छ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले बिबेक प्रयोग गरेको हो ।’

त्यस्तै, उनले साे मुद्दामा गल्ती भए जनतासमक्ष क्षमा माग्ने समेत बताए । उनले भने, ‘त्यसमा गल्ती भएको विवेक प्रयोग गर्दा यदि यसैबाट महाअभियोग लगाइएको हो भने जनता समक्ष क्षमा चाहन्छु । मलाई प्रायश्चित भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =