फोर्स मोटर्सले ल्यायाे दशैँ तिहार अफर, भरमार उपहार

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दशैँ र तिहार जस्ता पर्वकाे अवसरमा कुनै पनि गाडीको खरिदमा ‘भरमार उपहार’ योजना ल्याएको छ ।

यसअन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभि, स्मार्ट फोनलगायतका उपहार पाइने छ । अफर १३ कात्तिकसम्म लागु हुने कम्पनीले जनाएको छ ।

बिगत ८ वर्षदेखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीको बिक्रीवितरण गर्दै आइरहेको छ ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैहिृधारा, पोखराको चाउथे र सुनसरीको इटहरीमा आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ ।

ग्राहकले आफूलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यी सम्पूर्ण शोरुममा थ्रि–एस ९सेल्स, सर्भिस, स्पेयरपार्ट्स० सहितको सुविधा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =