शुक्रराज ट्रपिकलमा घटेनन् डेंगी संक्रमित, यस्ता छन् लक्षण (तस्वीरसहित)

काठमाडाैँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगीका बिरामी अझैँ घटेका छैनन् । अस्पतालका आकस्मिक कक्ष र वार्डहरू संक्रमितले भरिएका छन् ।

अस्पतालमा संक्रमित बढ्दै गएपछि प्यासेजमै राखेर बिरामीको उपचार भैरहेको अस्पतालले जनाएकाे छ ।

के हो डेंगी ?

डेंगी ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोग लाग्नबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

लक्षणहरू

डेंगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः
– एक्कासी ज्वरो आउने,
– सामान्यतया ज्वरो १०२ बाट नघट्ने,
– टाउको, मांसपेशी तथा जोर्नी दुख्ने,
– थकान महसुस हुने,
– वाकवाकी लाग्ने वा बान्ता हुने,
– आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *