सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्ड विजेनेश २०२२’ अबार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड अवार्ड ‘एक्सिलेन्स इन प्रिपेड कार्ड विजेनेश २०२२’बाट सम्मानित भएको छ । भिजाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
भिजाअन्तर्गत रहेका नेपालका बैंकहरु मध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्धि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । सिद्धार्थ बैंकलाई यस अघि पनि भिजाले ले ग्राहकको आवश्यकता अनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा ‘एक्सिलेन्स इन ड्राइभिङ इनोभेशन’ अवार्डबाट सम्मानित गरेको थियो ।
आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको बैंकले जनाएको छ ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १९० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ११७ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्ट मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।









