पिएसजीको जितमा एमबाप्पेको दुई गोल

काठमाडाैँ । पिएसजीले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेकाे छ ।  नान्टेसलाई उसकै मैदानमा ३-० को सहज जित निकाल्दै पिएसजी अपराजित रहेको हो ।

नान्टेसमा शनिबार राति भएको खेलको १८औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो । ५४औं मिनेटमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ६८औं मिनेटमा मेन्डिसले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

यो जितसँगै अपराजित रहेको पिएसजी ६ खेलबाट ५ जित र १ बराबीसँगै १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १६ अंक नै रहेपनि मार्से गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित नान्टेस ६ अंक जोडेर १०औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *